मुख्यमन्त्री पाेखरेलकाे पद तथा गाेपनियताकाे सपथ कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पद तथा गाेपनियताकाे सपथ लिनु भएकाे छ । मुख्यमन्त्री  पाेखरेललाइ प्रदेश प्रमुख धर्मनाथ  यादवले पद तथा गाेपनियताकाे सपथ गराउनु भएकाे थियाे । एमाले संसदीय दलका नेता पाेखरेल  आज दाेश्राेपटक मुख्यमन्त्री नियुक्त हुनु भएकाे थियाे ।

सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिनु भएकाे थियाे । मुख्यमन्त्रीको राजिनामा पछि लुम्बिनीको राजनितिक जोडघटाउ छिनछिनमै फेरिएको छ । हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेपछि ५ बजे माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेकाे दावी गरेका छन। तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाकाे हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *