लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालको लागि नेकपा एमाले संसदिय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले नियुक्त गर्नु भएको छ । आजै मुख्यमन्त्री पोखरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुख यादवले पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।

मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आफ्नो नेतृत्वमा सरकार गठनको लागि वहुमत सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष दावी गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *