डुडुवामा अक्सिजन सहितको १६ वेडको आइसोलेशन केन्द्र निर्माण


बाँके डुडुवा गाउँपालिकाले वडा नंंं–१ सन्तलिया गाउँस्थित लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको बहुउद्देशिय सभा हल भवनलाई १६ वेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो ।

आइसोलेशन वार्डमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउपालिकाभित्र कोभिड संक्रमणका विरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।

कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन । उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारीका लागि स्वास्थ्यकर्मीद्धारा फोन र अनुगमन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाले पिसिआर जाँचका लागि वार्ड नंं २ स्थित बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ ।

कोरोना संक्रमित विरामीहरुको उपचार सेवाका लागि स्वास्थ्यकर्मी, औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट बच्न सबैले विशेष सावधानी अपनाई स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर घरभित्रै बस्न अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ ।

गाउँपालिकाले सिमानाका अन्र्तगत तीन वटा स्थानमा हेल्थ डेक्सको स्थापना गरि आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.