बाँकेमा कोरोनाकै कारण हालसम्म मृत्यु हुनेको संख्या ११३ पुग्याे

 

बाँकेमा कोरोनाकै कारण हालसम्म मृत्यु हुनेको संख्या जिल्लाका ११३ र बाहिरी जिल्लाका ११३ गरी २२६ पुगेको छ।बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्‍यु भएको छ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ४९ वर्षीय पुरुषको शुक्रबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले बताए। त्यस्तै, भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १ की ६० वर्षीया महिलाको पनि शुक्रबारै बिहान करिब साढे ६ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताउनु भयाे।

यसअघि, बाँकेमा बिहीबार एकैदिन कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ११ जनाको उपचारका क्रममा मृत्यु भएको थियो। बाँकेमा एकैदिन ११ जनाको मृत्यु भएको यो पहिलो पटक हो। मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एकजना थिए।

Leave a Reply

Your email address will not be published.