लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको अध्यक्ष महन्थ ठाकुरले बताउनुभएको छ ।
प्रदेश निर्वाचन आयोग बुटवललाई पत्र लेख्दै अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताउनुभएको छ । ‘‘सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’ पत्रमा लेखिएको छ ।