नेपालमा कोरोना भाइरसका ४ हजार ८३१ जना सङ्क्रमित थपिए

नेपालमा कोरोनाभाइरसका ४ हजार ८३१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ८३१ जनामा सङक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६३ जनाको एन्टीजेन परीक्षण गरिएको छ । एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा पोजिटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published.