सरकारले त्रिकोणात्मक टी ट्वान्टी विजेतालाइ ४ लाखबाट पुरस्कृत गर्ने

मन्त्रीपरिषद्ले त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिता जित्ने क्रिकेट टोलिका प्रत्येक सदस्यलाई चार चार लाख रुपियाँबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गरिनेछ ।
मन्त्रीपरिषद्को निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रबिधि मन्त्री पावर्त गुरुङले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो । प्रवक्ता गुरुङले प्रतियोगिता खेल्न छनोट भएको २३ सदस्यीय टोलिका साथै प्रशिक्षकलाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गरिनेछ । “तीन जना प्रशिक्षकलाई दुई दुई लाख रुपियाँ तथा २३ जना खेलाडीलाई चार चार लाख रुपियाँ प्रोत्साहन बापत् प्रदान गरिनेछ ” – प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
यसअघि बङ्गलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जित्दा टोलिका प्रत्येक सदस्यलाई समेत चार चार लाख रुपियाँ प्रोत्साहन बापत् दिने निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *