लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ। वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादीले मुख्यमन्त्रीमाथि आविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको मागसमेत गरिएको थियो। सोही बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेल बहुमतमा हुनुहुन्छ । अविश्वास प्रस्ताव पेश भएपछि जसपाका ४ जना सांसद मन्त्री बनेर सरकार सहभागी भएपछि उहाँ बहुमतमा पुग्नुभएको हो ।
लुम्बिनीमा एमालेको ४१ सांसद छन्। बहुमतका लागि ४३ सांसद आवश्यक हुन्छ। जसपाका चार सांसद मुख्यमन्त्रीतर्फ आएपछि अविश्वासको प्रस्ताव पारित हुने सम्भावना कम रहेको छ।