बाँकेमा १०६ जना कोरोना संक्रमणमुक्त

बाँकेमा  कोरोना संक्रमणमुक्त भएर मंगलबार १०६ जना डिस्चार्ज हुनु भएकाे छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार ५० महिला र ५६ पुरुष कोरोनामुक्त भएर डिस्चार्ज हुनु भएकाे हाे।

बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन । यद्यपी दैनिक ठूलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको वलीले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *