कञ्चनपुरबाट भारतीय बजारमा दैनिक किनमेल गर्न जान रोक

कञ्चनपुर जिल्ला प्रशासनले नोपालीलाई भारत जान रोक लगाएको छ। अत्यावश्यक काममा बाहेक सबै नेपालीलाई कञ्चनपुरहुँदै भारत जान रोक लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले गौरीफन्टा र गड्डाचौकी दुबै नाकाबाट भारत जान रोक लगाइएको सेतोपाटीलाई जानकारी दिनु भयाे । ‘अत्यावश्यक जानैपर्ने काम भए सहजीकरण गरिदिन्छौं, नभए रोक लगाएका छौं,’ उहाँले भन्नु भयाे ।

भारतीय बजारमा दैनिक किनमेलका लागि मानिसहरू जाने क्रम नरोकिएपछि यस्तो निर्णय गरिएको उहाँले जानकारी दिनु भयाे। यद्यपी यी नाकाभएर स्वदेश फर्कने नेपालीलाई कुनै रोक नलगाइए पनि नेपालीबाहेक अन्य मुलुकका नागरिकलाई आउन रोक लगाइएको छ।

‘प्रभावित क्षेत्रबाट आउने नेपालीलाई पनि सिमामै एन्टिजेन परीक्षण गर्छौं, नेगेटिभ आउने गन्तव्यमा जान्छन्, पोजेटिभ आउने आइसोलेसनमा बस्छन्,’ उहाँकाे भनाइ छ

प्रशासनले बुधबारदेखि लागू हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। बजार व्यवसाय बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म र शनिबार भने दिनभर बन्द गर्न प्रशासनले आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *