बाँकेमा १२५ जना कोरोना संक्रमणमुक्त भइ घर फिर्ता

बाँकेमा सोमबार १२५ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार डिस्चार्ज हुनेमा ७ वर्षिया बालिका देखि ७३ वर्षिया बृद्धा समेत रहेका छन ।

बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका छन ।

यद्यपी दैनिक ठुलो सँख्यामा कोरोना संक्रमणमुक्त भएका ब्यक्तिहरुलाई डिस्चार्ज गरेर घर फिर्ता पठाउने काम भईरहेको ओलीले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *