बाँकेमा थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ५ की ४५ वर्षिय महिलाको उपचारकै क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

बैशाख ११ गते पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि ति महिलालाई १२ गते अस्पताल भर्ना गरीएको थियो । अस्पताल भर्ना भएको एक दिनपछि उपचारकै क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *