बाँकेमा आइतबार कुल ४५४ जनाको कोरोना जाँच गर्दा ३४३ जनामा संक्रमण पुष्टि भएको हो । ३ सय जना बाँकेका हुन भने ४३ जना अन्य बाहिरी जिल्लाका रहेका छन ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार भेरी अस्पतालको ल्यावमा १९५ जनाको स्वाव परिक्षण गरीएकोमा १६२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा ९४ जनाको स्वाव परिक्षण गरीएकोमा ६७ जना र वागेश्वरी पोलिक्लिनिक सेन्टरको ल्यावमा १५२ जनाको स्वाव परिक्षण गरीएकोमा ११२ र जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एन्टिजिन विधि मार्फत १३ जनाको कोरोना जाँच गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मात्र बाँकेमा ३४७ संक्रमित थपिएका थिए ।
बाँकेमा आज थपिएका सहित कुल संक्रमितको संख्या ७४९७ पुगेको छ । जसमध्ये, ५००३ जना कोरोना मुक्त भइसकेका छन भने २४०८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।