बाँके जिल्ला २० गते सम्म लगडाउन गरिने


बाँके जिल्लाभर सोमबार देखि एक साताका लागि स्थानीय प्रशासनले लकडाउनको लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भोली (सोमबार) १३ गते राती १२ बजे देखी आगामी बैशाख २० गते राती १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरेको हो ।
जिल्लाभर लकडाउन जारी गरीएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाईने भएको छ । लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा आव जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *