बाँकेमा थप पाँच जना कोरोना संक्रमितकाे मृत्यु

 

फाइल फाेटाे

बाँकेमा दुई अस्पतालमा पछिल्लो १२ घण्टा शनिबार साँझदेखि आइतबार बिहानसम्म चारजना कोरोना सङ्क्रमितको उपचारको क्रममा निधन भएको छ । कोरोना सङ्क्रमण भई घरमै एकान्तवासमा रहनुभएका एक व्यक्तिले आत्महत्या गरेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
शनिबार राती कोहलपुर शिक्षण अस्पतालमा कोहलपुर १० कि ३६ वर्षीया महिलाको निधन भएको छ । भेरी अस्पतालमा खजुरा ३ कि ४७ वर्षीया महिला र नेपालगन्ज ११ का ६० वर्षिया पुरुषको निधन भएको हो । बाँकेको कोहलपुरमा एकजना कोरोना सङ्क्रमितले आत्महत्या गरेका छ्न ।
कोहलपुर ९ का ६० वर्षीय पुरुषले शनिबार राती घरमै आत्महत्या गरेको जिल्ला कोभिड १९ सङ्कट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । वैशाख ३ गते पोजिटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य भएका कारण उहाँ घरमै आइसोलेसनमा बस्नुभएको थियो ।
शनिबार राती नै संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा निधन भयो । कोरोना सङ्क्रमण भएपछि उहाँलाई भेरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सिद्धिकी राजनीतिसँगै समाज सेवामा समेत सक्रिय रहनुभएको थियो । उहाँ फातिमा फाउण्डेशन नामक संस्थामार्फत मुस्लिम तथा मधेसी समुदायको शिक्षा, स्वास्थ्य र चेतना अभिवृद्धिमा निरन्तर सक्रिय रहँदै आउनुभएको थियो ।
चैतयता कोरोना सङ्क्रमण बढेपछि बाँकेको भेरी अस्पताल र शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालमा सय्यासँगै जनशक्तिको समेत अभाव देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published.