राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताललाइ करिब १ लाख ३३ सहयाेग रकम प्रदान

राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ सहयोग हस्तान्त्रण गरेको छ ।

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारको नेतृत्वमा गएको टोलीले शनिबार दिउँसो भेरी अस्पताल परिसरमै पुगेर सो रकम अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरेको हो ।

कोरोनाको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न थोरै भए पनि सहयोग पुराउने उद्देश्यले राष्ट्रिय युवा संघका युवाहरुबाट स्वस्फूर्त रुपमा उठेको उक्त रकम भेरी अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिद गर्नका लागि युवा संघले अस्पताललाई सहयोग गरेको राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारले जानकारी दिनु भयाे ।

अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको थाम्न नसक्ने गरी चाप बढेको अवस्था रहेको र लगभग सबै बिरामीहरुलाई अक्सिजन दिनुपर्ने अवस्था भएको जानकारी गराउँदै अक्सिजनको खपत एकदम बढेकोले अक्सिजनको कमी हुन नदिन भन्दै अक्सिजन खरिदका लागि राष्ट्रिय युवा संघले गरेको सहयोग प्रति अस्पताल विकास समितिलाई कोरोना विरुद्धको लडाइँमा अझ प्रोत्साहन मिलेको बताउदै अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले युवा संघको टोलीलाई आभार व्यक्त गर्नु भएकाे थियाे ।

राष्ट्रिय युवा संघ बाँकेले सहयोग हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापा, अस्पताल बिकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ, धनराम वली र नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *