बाँकेमा आजसम्म २१ सय२७ जना काेराेनाका सक्रिय संक्रमित

बाँकेका ३४७ जनामा कोरोना भाईरस संक्रमण शनिबार थपिए । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षण अन्तर्गत बेलुका ८ बजेसम्मको रिपोर्ट अनुसार बाँकेका ३४७ सहित ४२९ जनामा संक्रमण पुष्टि भएको हो । बाँके जिल्लाका आज थपिएका सहित कुल संक्रमितको संख्या ७१९७ पुगेको छ । जसमध्ये, ४९९१ जना कोरोना मुक्त भइसकेका छन भने २१२७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार भेरी अस्पतालको ल्यावमा २८८ जनाको स्वाव परिक्षण गरीएकोमा जिल्लाभित्रका १७१ र जिल्ला बाहिरका ३३ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा १५८ जनाको स्वाव परिक्षण गरीएकोमा जिल्ला भित्रका ९० र जिल्ला बाहिरका २८ जना र वागेश्वरी पोलिक्लिनिक सेन्टरको ल्यावमा १४० जनाको स्वाव परिक्षण गरीएकोमा जिल्ला भित्रका ८६ र जिल्ला बाहिरका ७ तथा जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा एन्टिजिन विधि मार्फत ६९ जनाको कोरोना जाँच १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु सबै बाहिरी जिल्लाका नागरीक रहेको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

जिल्लामा कोरोनाबाट ज्यान गुमाउने संख्या ७९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.