बाँकेमा थप २५८ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबको परिक्षणमा १५५ जना, मेडिकल कलेज कोहलपुरको ल्याबको परिक्षणमा ४४ जना र बागेश्वरी डाइग्नोष्टिकको ल्याबको परिक्षणमा ५९ गरी कुल २५८ जनामा कोरोना संक्रमण देखिएको हो ।
बुधबार संकलन गरिएका विभिन्न नमुनामधे जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार बिहान १२ बजे आएको नतिजामा जिल्लाका २५८ जनामा कोरोना देखिएको बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनु भयो। आज संक्रमित भएकामध्ये १११ महिला र १४७ पुरुष रहेका छन ।
योसङ्गै हालसम्म बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ६१५४ पुगेको छ । आजै ४७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएकासमेत जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको संख्या ४८२१ पुगेको छ । त्यसैगरी, कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्ला भित्रका ६७ र अन्य जिल्लाका ९८ गरी १६५ पुगेको छ । जिल्लामा १२६६ जना सक्रिय संक्रमित उपचाररत रहेको फोकल पर्सन ओलीले जानकारी दिनु भयो ।