बाँकेमा थप दुइ जना उपचाररत कोरोना संक्रमितको मृत्यु

बाँकेकाे भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भेरी अस्पताल, नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ७० वर्षिय पुरुषको उपचारका क्रममा बुधबार मध्यराती १२ बजे मृत्यु भएकोहो।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्का ९० वर्षिय बृद्धको आज बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिनु भयाे ।

चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पताल भर्ना भएका ७० वर्षिय पुरुषको मध्यराती मृत्यु भएको ओलीले बताउनु भयाे। त्यसैगरि बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ मेडिकल कलेज भर्ना भएका ९० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा जिल्ला भित्रको मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *