बाँकेका बिजय यादव लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्दै

लुम्बिनी प्रदेश सरकारमा चार जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् । बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।

माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् । लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।
नियुक्त हुने मन्त्रीहरुको सोमबार ४ बजे नै सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *