८१ वटा नमुनामा परिक्षणामा ७५ जनामा कोरोना संक्रमण

भेरी अस्पताल नेपालगंजकोे प्रयोगशालामा ८१ वटा नमुनामा आरटीपीसीआर गरिएकोमा ७५ जनामा कोरोना संक्रमण भेटिएको छ ।

जसअनुसार कोरोनाको संक्रमणदर ९२.६ प्रतिशत पुगेको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले संक्रमणदर यति उच्च हुन आएको अस्पतालको भनाई छ ।

अस्पतालले समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको जनाएको छ ।

यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्ट-अन्य आबश्यक सामाग्री प्राप्त हुने र स्थानिय निकायहरूबाट नमुना संकलन गरि पठाइदिए परिक्षणको दायरा थप बढाउन भेरी अस्पताल तयार रहेको छ, भनिएको छ ।

कोभिड महामारी सुरु भएपछि यस भेरी अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, शंकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रिआइसोलेसन वार्ड (जम्मा क्षमता १४२ बेड) करीब करीब भरिइसकेको छ ।

१५ शैयाको कोभिड आइसियू पनि भरीएको छ । संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *