भेरी अस्पतालको प्रयोगशालामा पिसिआर बिधिबाट परिक्षण गरिएका ८१ वटा नमुनामध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण आक्रामक तरिकाले तिब्र रुपमा फैलिरहेको छ । भेरी अस्पताल नेपालगन्जले आइतबार दिउँसो १२ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार परिक्षण गरिएका नमुनाको ९२ प्रतिशत बढिमा संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा पिसिआर बिधिबाट परिक्षण गरिएका ८१ वटा नमुनामध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसको संक्रमित दर ९२ दशमलव ६ प्रतिशत हुन आउँछ ।

अस्पतालका अनुसार, संक्रमितहरु स्वासप्रस्वासमा समस्या, ज्वरो तथा अन्य लक्षणसहित आफै अस्पतालमा उपचार गर्न आएका व्यक्तिहरु हुन । उनिहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा पिसिआर जाँच गर्न लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *