बाँकेमा १८३ वटा नमुना परीक्षण गरिएकोमा १२७ जनामा संक्रमण

बाँकेमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बाँकेमा १८३ वटा नमुना परीक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको हो । जसअनुसार संक्रमित ६९.४ प्रतिशत रहेको छ ।

एकै दिनमा हालसम्मकै धेरै संख्यामा संक्रमित पहिचान भएको नेपालगञ्जस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । शुक्रवारको रिपोर्टले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा व्यापकरुपमा फैलिसकेको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *