बाँकेको बजारक्षेत्रका १६ जना शिक्षकमा कोरोना संक्रमण


बाँके जिल्लाको नेपालगन्ज बजार क्षेत्र र आसपासका विद्यालयका शिक्षकमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दो रहेको छ ।
विगत लामो समय देखि बाँकेमा कम मात्रामा देखिको कोरोना संक्रमणका दर हाल परिक्षण गरेका ६० प्रतिशत व्यक्तिमा दैकिन कोरोना संक्रमण देखिको अवस्था रहेको बेला विभिन्न सरकारी र नीति विद्यालयमा अध्यापन गराउने शिक्षक र परिवारमा कोरोना संक्रमणको तिर्वगतीमा सरेको स्वयम् शिक्षक बताउनु हुन्छ । म विगत एक साता देखि आफ्नै घरमा आइसोलेसनमा छु अरु साथीहरु पनि कोही घरमा त कोही भेरी अस्पतालमा भर्ना भएका छन भन्नु हुन्छ धम्बोझी उच्च माध्यामिक तहमा विज्ञान विषय अध्यापन गराउने शिक्षक कविन्द्र भट्टराइ । उहाँ अनुसार बाँकेमा आफुलाई जानकारी भए अनुसार १६ जना शिक्षकलाई कोरोना संक्रमण भई अस्पताल र नीति घरमा उपचार गराइ रहेको उहाँले जानकारी दिनु भयो ।
शिक्षक भट्टराईका अनुसार आफु स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने भएकोले सचेत रहदा रहदै पनि संक्रमित भएको कारण विद्यालय तत्काल बन्द गर्न स्थानीय तह र सरोकारवालाई दबाव दिइरहेका जानकारी दिनु भयो । उहाँका अनुसार खजुरा, जानकी र नेपालगन्जका विद्यालयमा अध्यापन गराउने शिक्षक र केही शिक्षकका परिवारलाई समेत संक्रमण जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *