बाँकेमा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा(२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो।
नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उहाँको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिनु भयो।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उहाँले बताउनु भयो।