नेपालमा हाल ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा,१२९ जना सङ्क्रमणमुक्त भई घर फिर्ता

नेपालमा कोरोनाभाइरसका ५८० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ४५१ जनाको एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५४ जना सङ्क्रमित पहिचान गरिएको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हाल चार हजार ५६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

हाल ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा छन् । ४५७ जना हाल संस्थागत् आइसोलेशनमा र तीन हजार ५९९ जना होम आइसोलेशनमा छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल ८० जना सङ्क्रमित सघन उपचार कक्ष र २५ जना भेन्टिलेटरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *