बयान फर्ने दाङकी एक युवतीलाई अदालतले कैद सजाय

बलात्कार मुद्धामा बयान फर्ने दाङका एक युवतीलाई अदालतले कैद सजाय तोकेको छ । बलात्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई दाङ देउखुरी जिल्ला अदालते एक महिना कैद सजाय तोकेको हो ।

ति युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलत्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएकाे थियाे । उजुरी दिएका एक बालिका र ति युवतीले अदालतमा फागुन ४ गते गरेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुख दिन उजुरी हालेको उल्लेख गरेका छन् । जिल्ला न्यायधिश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो ।

स्राेतः मेचीकाली अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *