जानकीमा पालिकास्तरीय रनिङ्गसिल्ड सुरु


बाँकेको जानकी गाउँपालिका स्तरी १३औं राष्ट्रपति रनिङ्गसिल्ड तथा तेस्रो अध्यक्ष कप प्रतियोगिता आज देखि सरुवात भएको छ । गाउँपालिका स्तरीय सामुदायिक र संस्थागत विद्यालयको सहभागितामा भइरहेको प्रतियोगिता वडा नं. ३ मानपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा संचालन भई रहेको छ ।
प्रतियोगिताको उदघाटन गर्दै लुम्बिनी प्रदेशका सांसद बाबुराम गौतमले गाउँपालिका क्षेत्रमा हाल सम्म कुनै खेल मैदान नभएको त्यसका निर्माणका लागि आउदो वर्ष सम्ममा प्रदेश सरकारको आर्थिक सहयोगमा खेल मैदान निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले खेलकुदले सामाजिक भावना बलियो बनाउने र विद्यार्थीलाई पनि आत्मबल बढाउने भएको पालिकाले गरेको पहलमा सहयोग गर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला मुदायगत रुपमा पनि विद्यालयको खाँचो पर्ने भएकोले यस विद्यालयलाई पालिका स्तरीय कन्या विद्यालय स्थापनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा जिल्ला समन्वय समितिले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शिक्षामा बालिका शिक्षालाई विशेष प्राथमिकता दिनु पर्ने भन्दै उहाँले बाँके जिल्लामा बालिका एक पालिका एक बालिका विद्यालय स्थापना अभियानकै रुपमा निर्माण भएकोले जानकी गाउँपालिका पनि बालिका विद्यालय स्थापना गर्नु पर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनिवास यादवले पहिलो बर्ष भन्दा तेस्रो वर्षमा प्रवेस गर्दा खेल, खेलाडीमा उत्साह बढेको र पालिकाले पनि अझै खेल क्षेत्रमा लगानी गर्ने गर्ने बताउनु भयो । प्रतियोगिताको उदघाटन कार्यक्रमको उपाध्यक्ष स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम वडाअध्यक्षरु, पालिकाका कर्मचारी शिक्षक विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो ।
पालिका स्तरीय प्रतियोगिताको उदघाटनमा विभिन्न विद्यालयका विद्यार्थीले मार्चपास र साँस्कृतिक कार्यक्रम समेत गरियो थियो । विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र, सिल्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रम ८ गते दखि १० संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *