नेपालमा कोरोना भाइरसका १०७ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना थपिएको बताएको हो। तीनहजार २५४ जनाको परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

योसँगे नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । यस्तै, नेपालमा ६० जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ । मन्त्रालयले हाल एकहजार जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म तीन हजार १५ पुगेको छ । नेपालमा ५२ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *