नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुग्यो

नेपालमा कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै २४ घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

योसँगे नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ । यस्तै, नेपालमा ५५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

यस्तै, २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना सङ्क्रमित छन् । भक्तपुरमा ११, ललितपुरमा १३ र काठमाडौं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *