गुटगत भेला नगर्न, नगराउन एमालेकाे विशेष निर्देशन

नेकपा (एमाले) ले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्ने भनि प्रचारित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टीको तर्फबाट कुनै त्यस्तो भेलाको आयोजना नगरिएको सो दलले प्रष्ट पारेको छ ।

महासचिव ईश्वर पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै सो कुरा प्रष्ट पार्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, “यस्तो अनाधिकृत गुटगत भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहिन गुटगत भेलामा सहभागी नहुन सबै नेता कार्यकर्ताहरुलाई पार्टीले विशेष निर्देशन गर्दछ ।”

पार्टीको निर्देशन विपरित त्यस्तो गुटगत भेलामा जानेलाई मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम कारवाही गरिने पनि चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *