नेपालमा थप कोरोनाभाइरसका ७९ जना सङ्क्रमित

नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा  तीन हजार ३११ आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

योसँगे नेपालमा ७९ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । यस्तै, नेपालमा ७५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ । मन्त्रालयले हाल ८९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा कोही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको छ । कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ४४ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख १८ हजार ७२२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *