बाँकेको खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय वृहत पोषण योजनासम्बन्धि स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।
तालिमको उदघाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्वास्थ्य क्षेत्रमा राज्यको अरबैं लगानी गरेकोले सबै नागरिकले सुलभ सेवा पाउनु पर्ने बताउनु भयो । उहाँले खजुरा गाउँपालिकाले राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी हुने बताउनु भयो
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले खजुरा पोषण कार्यक्रम उपलब्धि हासिल गर्ने हिसाबले अगाडी बढने बताउनु भयो । उहाँले पोषणका लागि ब्यवहार परिवर्तन गरिनु पर्नेमा जोड दिनु भयो । स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, उपप्रमुख टिकामाया गुरुङ र वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकालले सहजीकरण गर्नु हुने छ । पोषणसम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेजसम्बन्धि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धि व्यवहारमा परिवर्तन गरी ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका प्रमुख पौडेलले जानकारी दिनु भयो ।