बाँकेको खजुरा गाउपालिकाको वडा नं. ३ बालबिवाह मुक्त वडा

बाँकेको खजुरा गाउपालिकाको वडानं. ३ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पालिका परिसरमा आयोजित कार्यक्रमका बीच गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलले घोषणा गर्नुभएकाे हाे।

खजुरा गाउपालिका वडानं. ३ को विभिन्न ८ वटा टोलका २ सय ५० जनामा गरिएको सर्भेक्षणको आधारमा बालअधिकार संरक्षण समितिको सिफारिसमा सो वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको गाउपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयाे

सोही कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तबले बालबिवाह मुक्त वडा घोषणापत्र वडा अध्यक्ष कान्तुराम गौतमलाई हस्तान्त्रण गर्नुभएकाे थियाे । सो अवसरमा स्थानीय किशोरी क्लवको सक्रियतामा बालबिवाह मुक्त वडा कायम राख्नको लागि विभिन्न क्षेत्रबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *