नेपाल वन पैदावारको केन्द्रीय अध्यक्षमा मास्के निर्वाचित

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको सोमबार काठमाडौमा सम्पन्न १०औं महाधिवेशन तथा २१औं वार्षिक साधारण सभाबाट मन्जीलबाबु मास्केको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

महासंघको फागुन २३ र २४ गते काठमाडौको कार्की ब्यान्क्वीटमा सम्पन्न उक्त अधिवेशनले मास्केको नेतृत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सर्वसम्मत रुपमा निर्विरोध चयन गरेको हो । उक्त अधिवेशनको आइतबार वन मन्त्री प्रेम आलेले उद्घाटन गरेका थिए ।

नव गठित उक्त कार्यसमितिमा बाँकेबाट केन्द्रिय सदस्यहरुमा इकराम उल्ला सिद्दिकी (कान्छा) र सीता रेग्मी चयन भएका छन । त्यसैगरी वैदेशिक समन्वय समितिको संयोजकमा रबिन्द्र लम्साल चयन भएका छन । अधिवेशनले जगत नारायण महर्जनलाई मानार्थ अध्यक्ष, वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी, प्रथम उपाध्यक्षमा भुपेन्द्र चौलागाईं, द्वितीय उपाध्यक्षमा राजेन्द्र प्रजापती, तृतीय उपाध्यक्षमा वीर बहादुर बुढाथोकी, महासचिवमा माधवमणी होमागाई, कोषाध्यक्षमा कलिमान खत्री, उपमासचिवमा रोजिता वस्ती, सह-कोषाध्यक्षमा यज्ञ प्रसाद उप्रेती र वस्तुगत सदस्यवाट उपाध्यक्षमा राम प्रसाद अधिकारीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरूमा नारायण कुमार श्रेष्ठ, राजेश कार्की, मनोज कुमार राउत, विनोद नेम्वाङ्ग, श्याम प्रसाद न्यौपाने, फुदन नायक, उमेश दाहाल, भरत बहादुर पोख्रेल, रुद्रहरी भण्डारी, गुणराज त्रीपाठी, शम्भु कार्की, कृष्ण मुरारी मिश्र, बिश्वराज बगाले, नवराज लामिछाने, इकराम उल्लाह सिद्दिकी, मनिष गुप्ता, सीता रेग्मी, दान बहादुर अधिकारी, कृष्णराज अधिकारी, युद्धमान सिंह बस्नेत, पदम ओझा, भुपेन्द्र थपलिया, राजु केसी, राजकुमार मैनाली, गेहेन्द्र बहादुर बस्नेत (एशोसियट), बिश्व सुवेदी (एशोसियट) र बिष्णु प्रसाद ज्ञवाली (वस्तुगत) रहेका छन । अधिवेशनले पाँचवटा विभिन्न समिती पनि गठन गरेको छ ।

लेखा तथा अनुगमन समितिको संयोजकमा आनन्द रावत, न्यायिक तथा अनुशासन समितिको संयोजकमा अनिल कुमार रन्जित, संगठन बिकास समितिको संयोजकमा राज बहादुर सिंह, वैदेशिक समन्वय समितिको संयोजकमा रबिन्द्र लम्साल र बिपद व्यवस्थापन समितिको संयोजकमा टंक प्रसाद शर्मालाई चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *