प्रधानमन्त्री महिला भलिबलमा पुलिसको बिजयी सुरुवात

सातौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजदेखि नेपालगन्जमा सुरु भएको छ। प्रतियोगितामा नेपाल पुलिस क्लबले विजय सुरुवात गरेको छ। न्यु डायमण्डलाई ३-२ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गरेको हो । फागुन २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी, न्यु डायमण्ड र लुम्बिनी प्रदेश सहभागी छन् । प्रतियोगिताको विजेताले ५ लाख पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले २ लाख, तेस्रोले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार पाउने आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *