अस्पतालको लापरबाहीले प्युठानमा सुत्केरीको मृत्यु

अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै विरोध प्रदर्शन भएको छ ।

प्युठान अस्पतालको लापरबाहीले शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका ७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको पारिवारिक सदस्यले आरोप लगाएका छन् ।त्यस्तै शिशु (छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् । शनिबार फेरि दोस्रो पटक शल्यक्रिया गरिएको थियो । अनिसाको स्वास्थ्य जटिल बन्दै गएपछि अस्पतालका चिकित्सकले शनिबार राति २ बजे बुटवल रिफर गरेका थिए ।

तर दाङको भालुबाङ पुग्दा उनको मृत्यु भएको मृतकका श्रीमान सुदन थापाले बताए । उपचार यहीँ हुन्छ भन्दै राखेर अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *