मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने तयारी

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्री चौधरीकाअनुसार आजको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे जानकारी गराइएको छैन । अदालतले १३ दिनभित्र संसद बैठक आव्हान गर्ने परमादेश जारी गरेपछि आजको बैठकले संसद बैठक आव्हानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *