कोभिड खोपका कारण चैत २० मा धकेलियो हात्तीपाइले विरुद्धको औषधि सेवन

कोरोना भ्याक्सिनका कारण हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम पछि सरेको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत् आम औषधि सेवन अभियान अब चैत २० गतेदेखि शुरु हुने भएको छ ।

फागुन २९ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेपनि कोभिड १९ विरुद्धको खोप अभियान चलिरहेकाले चैत २० देखि चैत मसान्तसम्म हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत् आम औषधि सेवन अभियान सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यस बर्ष बाँके, बर्दिया, दाङसहित १२ जिल्लामा हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत् आम औषधि सेवन अभियान सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *