जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अभियुक्तलाई पक्राउ गरेकोछ। चोरी मुद्दामा बाँके जिल्ला अदालतबाट २२ महिना कैद सजाय पाएका कोहलपुर ११ का फरार रहेका २३ बर्षीय अभियुक्त सन्दिप सिंह ठकुरीलाई जिल्ला प्रहरीको टोलीले पक्राउ गरेको हो। ठकुरीलाई २ वटा चोरीको मुद्दामा बाँके जिल्ला अदालतले २०७७ मंसिर १७ गते २२ महिना १४ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यस पश्चात् फरार रहेका ठकुरीलाई फागुन ५ गते पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।