समृद्ध नेपाल र सुखी नेपाली बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो:प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभएको छ ।

नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले सो कुरा बताउनुभयो । हाम्रो लक्ष्य र मूल उद्देश्य देश, जनता, लोकतन्त्र, सुशासन र विकास हो उहाँले भन्नुभयो । देश बनाउने अभियानमा आफू नेतृत्वको सरकार र पार्टी रहेकाले सोही अभियानमा लामबद्ध हुन प्रधानमन्त्री ओलीले सबैमा आव्हान गर्नुभयो ।

“हाम्रो उद्देश्य वाद प्रतिवादमा अल्झिने होइन, काम गर्ने हो । सुशासन र विकासको काम गर्ने हो” प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । देश विकासको अभियानलाई कसैले रोक्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

सर्वोच्च अदालतले कुनै कसैको दवावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिदैन प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी चुनावको बाटोतर्फ उन्मुख छौं, मुलुकलाई अस्थिरतामा जान दिइने छैन ।” कुनै भ्रम र अन्योलमा नपरेर चुनावको तयारीमा लाग्न उहाँ सबैमा आव्हान गर्नुभयो । “चुनावको माध्यमबाट होइन, अनुचित बाटोबाट प्रधानमन्त्री हुन खोज्नेहरु चुनावको विरोध गरिरहेका छन्, त्यो सफल हुँदैन” प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

२०७८ वैशाख १७ गते पहिलो चरणको र २७ गते दोस्रो चरणको निर्वाचन हुने दोहो(याउनु हुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “४० वटा जिल्लामा वैशाख १७ गते र ३७ जिल्लामा वैशाख २७ गते चुनाव हुन्छ ।” अबको निर्वाचनमा ‘सूर्य’ चिन्ह आफू नेतृत्वको पार्टीले प्राप्त गर्ने र तोकिएकै मितिमा निर्वाचन हुने प्रष्ट पार्नुभयो । देश, जनता, लोकतन्त्र र सुशासन र विकासलाई मूलमन्त्र मानेर अघि बढ्नुस् उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *