प्रदेश २ को प्रमुखमा राजेश झालाई नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरेर प्रदेश २ को प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १ सय ६५ अनुसार परियारलाई पदमुक्त गरेर झालाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै राष्ट्रपतिले धारा १ सय ६३ को उपधारा २ अनुसार राजेश झालाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रदेश २ को प्रमुख नियुक्त भएका राजेश झा राजेश अहिराजका नामले चिनिनुहुन्छ । २०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका झा मधेश मामिलाका जानकार मानिनहुन्छ ।

त्रिभुवन विश्वविद्यालयवाट ‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधी गरेका उहाँ पत्रकारितामा पनि संलग्न हुनुहुन्छ ।

नेकपाको ओली समूह निकट रहेका झा मधेश केन्द्रित दल र नेकपाको प्रचण्ड–नेपाल समूहको आलोचना गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *