प्रजातन्त्रमा नागरिक सर्वोच्चता प्रमुख विषय होः मुख्यमन्त्री पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रजातन्त्रमा नागरिक सर्वोच्चता प्रमुख विषय भएको बताउनु भएको छ । ७१औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै सो कुरा बताउनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले शुभकामना संन्देशमा आवधिक चुनावले नागरिकले नागरिक सर्वोच्चतालाई स्थापित गर्छ । सरकारले ताजा जनादेशका लागि लिएको निर्णयले अन्ततः प्रजातन्त्रलाई नै बलियो बनाउने छ । प्रजातन्त्रमा चुनावलाई सही र सार्थक बनाउन सबैको सकारात्मक सहयोग आवश्यक पर्छ भनिएको छ । तसर्थ सबैले आगामी प्रतिनिधिसभा चुनाव सम्पन्न गर्न सार्थक सहयोगको लागि अग्रसर बनौं भनिएको छ ।
मुख्यमन्त्री पोखरेलले फागुन ७ निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन हो । यही ऐतिहासिक अवसरमा नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु भनिएको छ । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछु ।
उहाँले शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष र बलिदानबाट निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएको बताउनु भएको छ । फक्रदै गरेको लोकतान्त्रिक व्यवस्था जोगिन नसक्दा अन्ततः मुलुक पुनः तीन दशक तानाशाही पञ्चायती व्यवस्थाको अध्याँरोमा रह्यो । प्रजातन्त्रका लागि निरन्तर आन्दोलन अघि बढ्यो,अन्ततः पञ्चायती व्यवस्थाको अवसान भयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग पनि २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधानसभाको माग २०६२।०६३ को जनक्रान्तिपछि पुरा हुन संभव भयो । र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संविधान अनुसार संघीय शासन प्रणाली विधिवत रुपमा स्थापित भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दती र शैलीका रुपमा स्थापित गर्न आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन्,लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूति गर्न पाउँछन् । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनका लागि दृढ संकल्पित छौं ।
प्रदेश सरकार समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर समृद्धिको अभियानमा अघि बढिरहेको छ । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान दिन प्रतिबद्ध छौं । प्रजातन्त्र दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *