बाँकेमा सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते

बाँकेको राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलास्थित सोमवार राति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संशेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवारमध्ये १० जना घाइते भएका हुन् । उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।

सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोलीले उद्धार गरेको हो । गम्भीर घाइते भएकाहरुको नेपालगञ्जको राझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *