बाँकेमा आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान शुरु

बाँकेमा आजदेखि दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । दुई वटा खोप केन्द्रहरुबाट खोप लगाउन शुरु गरिएको छ ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ । दोस्रो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्नेछ । दोस्रो चरणमा जनप्रतिनिधि, सुरक्षाकर्मी, निजामति कर्मचारी, पत्रकारहरुलाई खोप लगाउने कार्यक्रम छ । जिल्लामा क्रियाशील २ सय ८० जना पत्रकारलाई कोरोना खोप लगाउने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा दोस्रो चरणमा जम्मा ५ हजार ५ सय ८६ जनालाई खोप लगाउने लक्ष्य छ । माघ १४ देखि २४ गतेसम्म चलेको पहिलो चरणमा बाँकेमा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । पहिलो खोप लगाएको फेरि २८ दिनपछि अर्को खोप लगाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *