नेपालमा हालसम्म २१ लाख एघार हजार ६४९ जनाको आरटीपीसीआर परीक्षण

नेपालमा २४ घण्टामा कोरोनाभाइरसका १२७ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२७ जना सङ्क्रमित थपिएको र १३६ जना सङ्क्रमित निको भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ५५७ जना सङ्क्रमित भएको र दुई लाख ६८ हजार ७९६ जना निको भएका छन् । मन्त्रालयले २१ लाख एघार हजार ६४९ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।

हाल एक हजार ७०७ जना आइसोलेशनमा छन् । ७९ जना क्वारेन्टिनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।

चौबीस घण्टामा थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *