नेपालमा कोरोनाभाइरसका १६० जना सङ्क्रमित थपिए

नेपालमा कोरोनाभाइरसका १६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका १६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०९ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २१ लाख एक हजार ५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार ४३१ जना सङ्क्रमित निको भएका छन् । नेपालमा ९८.६१ प्रतिशत सङ्क्रमित निको भएर घर फर्केका छन्  ।

हाल एक हजार ७३७ जना सङ्क्रमित आइसोलेशनमा छन् । हाल ८७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ४७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *