सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर-११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् ।

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका-१२, स्थित छिन्चुमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनमा घाइते आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताउनुभयाे ।

उक्त घटनामा मोटरसाइकललाई चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । उनको छिन्चुमै उपचार भइरहेको डएसपी घर्तीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *