बाँकेका पत्रकारलाई मंगलबारदेखी कोरोना खोप लगाईने

बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार मंगलबार बिहान १० बजेदेखी भेरी अस्पतालमा रहेको खोप केन्द्रमा पत्रकारहरुलाई खोप लगाइने छ । खोप लगाउन चाहने पत्रकारहरुकालागि संस्थागत परिचयपत्र अनिवार्य गरीएको वलीले बताउनुभयाे।

स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा जिल्लाभित्रका सबै पत्रकारहरुलाई कोरोना खोप लगाउने ब्यवस्था मिलाईएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले पुष्टि गर्कानुभएकाे छ । थारुका अनुसार भोली एक दिनमा मात्र पत्रकारहरुलाई खोप लगाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *