आज दिउसो घाम लाग्ने


काठमाडौं उपत्यकाकामा शनिबार पानी परेपछि उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान ह्वात्तै घटेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस थियो। आइतबार बिहान भने काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ ।
आकाश खुलेको र हिमालतिरबाट चिसो हावा आएकाले तापक्रम ह्वात्तै घटेको हो। काठमाडौंका केही ठाउँमा बाक्लो तुषारो पनि परेको छ । बिहानको तापक्रम घटे पनि दिउँसो भने घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यले आज देशभरि घाम लाग्ने बताउनु भयो । ’पश्चिमी वायुको प्रभाव सकिएको छ । अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोतिर घाम लाग्छ,’ उहाँले भन्नु भयो,‘केही दिन मौसम सफा हुने देखिन्छ ।’
बिहीबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो भने देशका अधिकांश भागमा पानी परेको थियो ।
सेतापाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *